प्रमुख समाचार

चिनियाँ विदेशमन्त्रीले नेपालसहित दक्षिण एसियाली देशसँग छलफल गर्दै

अजय अलौकिक |
बैशाख १४, २०७८ मगलवार १०:४२ बजे

बेइजिङ : चीनका परराष्ट्र मन्त्री वाङ यीको अध्यक्षतामा चीन, अफगानिस्तान, पाकिस्तान, नेपाल, श्रीलङ्का, बङ्गलादेशका परराष्ट्र मन्त्रीहरूबीच आज छलफल गर्दैछन् । नयाँ कोरोना भाइरस महामारीको प्रतिक्रिया सम्बन्धमा अप्रिल २७ तारिख दिउँसो भिडियोमार्फत सम्मेलन आयोजना हुन लागेको हो । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले उक्त भिडियो सम्मेलन गरिनेबारे जानकारी गराएका हुन् ।

चीनसहित दक्षिण एसियाका पाँच वटा मुलुक उक्त भिडियो सम्मेलनमा भाग लिने छन् । छ मुलुकका परराष्ट्रमन्त्रीबीच महामारीविरूद्ध सहमति जुटाउने, महामारीविरूद्धको लडाईंमा व्यवहारिक सहयोगलाई प्रगाढ बनाउने र महामारीपछि आर्थिक सुधारलाई जोड दिने जस्ता विषयमा गहन विचारविमर्श हुने बताइएको छ ।



Author

थप समाचार
x