प्रमुख समाचार

प्रहरीले कारबाही गर्‍यो मास्क नलगाउने १२७१ जनालाई

इकागज |
बैशाख १५, २०७८ बुधवार २०:२ बजे

काठमाडौँ : प्रहरीले बुधबार मास्क नलगाउने एक हजार दुई सय ७१ जनालाई कारबाही गरेको छ । प्रहरीले सुरु गरेको तपाईंको मास्क खोइ कार्यक्रम अन्तर्गत मास्क नलगाउने त्यतिलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । त्यस्तै आज ६६ हजार सात सय ४७ जनालाई मास्क वितर० गरिएको प्रहरीको भनाइ छ । 

सामाजिक सञ्‍जाल ट्‍वीटरमा २४ घण्टामा भएका गतिविधि राख्दै प्रहरीले ३० हजार आठ सय ८३ जनालाई होल्डिङ गरी छाडिएको जानकारी दिएको छ । 


त्यस्तै प्रहरीले १९ हजार एक सय ४५ जनालाई सम्झाइ बुझाइ गरिएको पनि उल्लेख गरेको छ । 


Author

थप समाचार
x