प्रमुख समाचार

प्रदेश-२ मा कोभिड-१९ संक्रमणबाट ६ को मृत्यु, थपिए ४२२ संक्रमित

सुभाष कर्ण |
बैशाख १९, २०७८ आइतबार ९:० बजे

जनकपुरधाम : प्रदेश-२ मा पछिल्लो २४ घण्टामा  चार सय २२  संक्रमित थपिएका छन् ।  ६ संक्रमितको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका धनुषामा ११३, महोत्तरीमा ६५, सिरहामा र सर्लाहीमा ७/७, सप्तरीमा २७, रौतहटमा ३९, बारामा ३२ र पर्सामा १४५ जना संक्रमित भएका छन् । त्यस्तै अन्य जिल्ला घर भई प्रदेश २ मा बस्दै आएका ७ जना संक्रमित भएका छन ।

रौतहटमा एक, पर्सामा २ र महोतरीमा ३ गरी ६ जनाको मृत्यु भएको छ ।


निर्देशनालयका अनुसार रौतहटमा एक ७० वर्षिय महिला, पर्साको विरगंज महानगरपालि-७ की ६० वर्षीय पुरूष र वडा नं. ८ मा ७० वर्षीय महिलाको उपचारका क्रममा विरगंजस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो । 

त्यस्तै महोतरीको मनरा सिसवा नगरपालिका-९ बथनाहाका ६६ वर्षीय पुरुष, जलेश्वर नगरपालिका-१२ थरूवाहीका ८० वर्षीय पुरुष र गौशाला नगरपालिका-११ कालिकापुरमा ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

हालसम्म प्रदेको सप्तरीमा ४१, सिरहामा २६, धनुषामा २५, महोत्तरीमा २१, सर्लाहीमा १५, रौतहटमा ११, बारामा २६ र पर्सामा एक भारतीय सहित ६७ जनाको मृत्यु भइसकेको छ । हाल प्रदेशका जिल्लाहरुमा दुई हजार पाँच सय ५२ सक्रिय संक्रमित छन् । जसमध्ये दुई हजार चार सय ५५ होम आइसोलेशन र ९७ जना अस्पतालको आइसोलेशनमा उपचारत छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x