प्रमुख समाचार

ओलीले विश्‍वासको मत लिने निर्णय लगत्तै राष्ट्रपतिले डाकिन विशेष अधिवेशन

इकागज |
बैशाख १९, २०७८ आइतबार २१:० बजे

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान  गरेकी छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै राष्ट्रपतिले विशेष अधिवेशन आह्वान गरेकी हुन् । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न प्रधानमन्त्रीले आवश्यक ठानेको विषय समेत खुलाएर उनले अधिवेशन डाकेकी हुन । 

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संसद्को विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्रीले आफूमाथी लाग्दै आएको आरोप र अन्यौल चिर्नका लागि विश्वासको मत लिन आवश्यक रहेको बताएका थिए । प्रधानमन्त्रीले आफूमाथि प्रश्न उठेपछि विश्वासको मत लिन सक्छन् । ्


हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भए पनि अदालतको निर्णयपछि सरकार अर्को अवस्थामा पुगेको छ । अहिले फिर्ता लिन नपर्ने र माओवादीको समर्थनमा बनेको सरकार नै होइन भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए । त्यसको तीन दिनपछि कोभिड महामारीको बीचमा नै ओलीले विश्वासको मत लिने भएका हुन । 

वर्तमान अवस्था अनुसार प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन आवश्यक पर्छ । २७५ सदस्य रहेको प्रतिनिधि सभामा सत्तारुढ एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३ (दुई निलवित) , माओवादी केन्द्रको ५३ (चार पदमुक्त), जनता समाजवादी पार्टी (जसपा)को ३४ (दुई निलम्बित) , नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट छ । 

माओवादीको समर्थन नरहँदा जसपाको समर्थन ओलीलाई आवश्यक पर्छ । जसपा फुटेर महन्त ठाकुर र राजेन्द्र महतोे पक्षले अ‍ोलीलाई समर्थन गरे विश्वासको मत पुग्छ भने नगरेको खण्डमा ओली संकटमा पर्नेछन् । नेपाली कांग्रेस यता माओवादी र जसपाको साथ पाए सरकारबनाउने तयारीमा छ । जसपाका अध्यक्ष उपेन्द् यादब र नेता डा. बाबुराम भट्टराई नयाँ सरकार गठनको पक्षमा रहेकाले सत्ता जोडघटाउ २७ गते मात्र थाहा हुने स्पष्ट छ । 


Author

थप समाचार
x