प्रमुख समाचार

संसद् छलेर अध्यादेशमार्फत शासन चलाउन खोजियो : कांग्रेस

इकागज |
बैशाख २१, २०७८ मंगलबार १८:२० बजे

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद् छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप लगाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्रै ७ अध्यादेश जारी गरेकी थिइन् । 

त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । 


‘संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसद्लाई छलेर अध्यादेशमार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ ।’ 

    
 


Author

थप समाचार
x