कोभिड-१९ कहर
प्रदेश-२ सरकारद्वारा अस्पतालहरूमा जनशक्ति थप्न सुरु
फाइल तस्बिर
जनकपुरधाम : कोभिड-१९ संक्रमितको उपचारका लागि अस्पतालहरूमा जनशक्तिको आभाव भएपछि प्रदेश-२ सरकारले प्रदेशभरीका अस्पतालमा जनशक्ति थप्न सुरु गरेको छ । प्रादेशिक अस्पताल जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज, जलेश्वर अस्पतालसहित प्रदेशभरीका अस्पतालमा करारमा जनशक्ति थप्न थालिएको हो । त्यसका लागि विज्ञापन आह्वान भएको छ ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रादेशिक अस्पताल जनकपुरधाममा करारमा १२८ जना जनशक्ति थपिएको छ । त्यसमध्य ६८ जना आइसीयू सञ्चालन गर्ने स्वास्थ्यकर्मी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा १९, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ८ चिकित्सकसहित स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान गरिएको छ । सप्तरीको भारदह अस्पताल, पर्साको पोखरीया अस्पताल, सिरहा, जलेश्वर, मलगंवा, गौर, कलैया र लहान अस्पतालमा जनशक्ति थप्न विज्ञापन आह्वान भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ३३ स्वास्थ्यकर्मी थप्न विज्ञापन गरेको छ । प्रयोगशालामा नवौं तहमा माइक्रोबायोलोजिष्ट ३, सातौं तहको मेडिकल टेक्नोलोजिष्ट ९, सहायक पाँचौ तहमा ल्याब टेक्निसियन ४, सहायक चौथो तहमा ल्याब असिस्टेन्ट ३, कम्प्युटर अपरेटर ३, सवारी चालक २, सेक्युरिटी गार्ड ३ जना, कार्यालय सहयोगी ३ र स्वीपर ३ जना थप्न विज्ञापन आह्वान भएको मन्त्रालयले जनाएको छ ।
अस्पतालहरूले नयाँ जनशक्ति थप्न मा सामाजिक विकास मन्त्रालयको निर्देशनानुसार अस्पतालहरूबाटै ३ दिने सूचना सहित विज्ञापन आह्वान गरेका हुन् ।
प्रदेश मन्त्रिपरिषद्को गत सोमबारको बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३ , प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२÷३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५÷१५ जनागरी ४१७ जनाको दरबन्दी थप्ने निर्णय गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया