प्रमुख समाचार

'यी हुन् प्रधानमन्त्री ओलीलाई आजै बिदाइ गर्नुपर्ने चार कारण'

इकागज |
बैशाख २७, २०७८ सोमबार ९:३० बजे

फाइल तस्बिर

काठमाडौँ : जनता समाजवादी पार्टीका संघीय परिषद्‌ अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदाई गर्नुपर्ने कारणहरू खुलस्त पारेका छन् । प्रधानमन्त्री ओलीले विश्‍वासको मत लिन संसद्‌को विशेष अधिवेशन बस्‍नुअघि ओलीलाई विदाई गर्नुपर्ने भट्टराईले चार कारण खुलाएका हुन् ।

'ओलीलाई आजै बिदाइ गर्नुपर्ने प्रमुख कारण: १. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको, २. संविधान विपरित संसद्‌ विघटन गरेर र २/३ नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, ३. संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको, ४. खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको' भट्टराईले लेखेका छन् ।


ओलीलाई विश्वासको मत पाउन १३६ मत चाहिन्छ । संसद्‌मा सबैभन्‍दा ठूलो ओलीकै दल एमालेसँग १२१ सांसद छन् ।

ओलीलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विश्‍वासको मत नदिने निर्णय गरिसकेको छ । कांग्रेसको ६१ सांसद छन् भने माओवादीको ४९ सांसद छन् ।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा)ले आफ्‍ना ३२ सांसदलाई स्वतन्त्रत्रता दिएको छ ।  महन्थ ठाकुर समूहले ओलीलाई विश्‍वासको मत दिने तयारी छ भने डा. बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले ओलीलाई विश्‍वासको मत नदिने बताइएको छ ।


Author

थप समाचार
x