प्रमुख समाचार

नयाँ सरकार गठनबारे छलफल गर्न देउवा निवासमा कांग्रेस, माओवादी र जसपा बैठक बस्‍दै

इकागज |
बैशाख २८, २०७८ मंगलबार ९:२९ बजे

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गर्न दलका शीर्ष नेताहरूलाई बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि आज दिउँसो बोलाएको कांग्रेस नेता बालकृष्ण खाणले जानकारी दिए ।

बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्‍ठ जसपाबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत शीर्ष नेताहरू सहभागी हुनेछन् । जसपाका अध्यक्ष महन्थ ठाकुर समूहसँग छलफल जारी रहेकाले बैठक उपस्थित हुने/नहुनेबारे टुंगो नलागेको कांग्रेसका एक नेताले इकागजलाई जानकारी दिए । त्यस्तै कांग्रेसले नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहसँग छलफल गरिरहेको छ ।


दिउँसो दलहरूसँग बैठक बस्‍नुअघि कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्‍दैछ ।  

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन सकेनन् । प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत परेको थियो । विश्वासको मतको विपक्षमा १२४ मत परेको थियो । २३२ सांसद उपस्थित मतदान प्रक्रियामा १५ सांसद भने तटस्थ बसेका थिए । 

सोमबार साँझ राष्ट्रपति भण्डारीले बैशाख ३० गतेभित्र बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै ३० बैशाख साँझ ९ बजेसम्म बहुमत पुर्‍याएर आउन दलहरूलाई आग्रह गरेकी हुन् । 


Author

थप समाचार
x