प्रमुख समाचार

महन्थ मनाउने जिम्मा देउवालाई दिनेगरी छलफल

इकागज |
बैशाख २८, २०७८ मंगलबार १६:३४ बजे

काठमाडौँ : कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा) बीच नयाँ सरकार गठनबारे छलफल सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा छलफल सुरु हुने भनिए पनि पदाधिकारी बैठकपछि छलफल हुनेगरी अनौपचारिक छलफल भएको छ । यतिबेला देउवा  निवासमा पदाधिकारी बैठक जारी रहेकाे नेता  डा‍. मीनेन्द्र रिजालले जानकारी  दिए । 

पदाधिकारी र पूर्वपदाधिकारी बैठक पछि दलीय बैठक हुनेछ । सोही बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित नेताहरू र जसपाका उपेन्द्र यादव सहितका नेताहरू सबैसँग भर्चुअल छलफल पनि भइरहेको छ । आपसमा टेलीफोन सम्पर्क मार्फत छलफलमा उनीहरू जुटेका हुन् ।  जसपाका महन्त ठाकुर सहितका केहि नेताहरू भने देउवासँगको सम्पर्कमा आएका छैनन् । 


सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेपछि तीन दल छलफलमा जुटेका हुन्। उनीहरुबीच विभिन्न कोणबाट छलफल भइरहेको छ ।

यी दलबीच पहिले नै सहमति भएको भनिए पनि अझै महन्थ ठाकुरलाई मनाउन नसक्दा समस्या भइरहेको सहभागीले बताए । यादवले महन्थलाई मनाउन नसकेको भए कांग्रेस सभापतिले महन्थसँग छलफल गर्नपर्ने सुझाव सबैजसाेले देउवालाई आरम्भमा नै दिइरहेका छन् । 

बाह्य शक्तिको चाहना ओली राख्‍ने/नराख्‍ने के हो भन्ने विषयमा पनि अनौपचारिक छलफल जारी छ । नेपालको राजनीतिमा बाह्य शक्तिको भूमिका पनि महत्वपूर्ण हुने र त्यही शक्तिबाट कोही प्रभावित भएर समस्या आएको हो कि भन्‍दै त्यसलाई चिर्न पर्नेमा जोड दिइएको छ । 


Author

थप समाचार
x