प्रमुख समाचार

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

इकागज |
बैशाख २९, २०७८ बुधबार ६:१५ बजे

काठमाडौँ : म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । मंगलबार राती भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएसँगै १० अंकको अग्रता बनाएको सिटीले तीन खेल अगावै उपाधि उचालेको हो ।

पछिल्लो चार वर्षमा सिटीले तेस्रो प्रिमियर लिग उपाधि जितेको हो । गएको सिजन लिभरपुलले जित्दा त्यसअघि दुई वर्ष लगातार सिटीले नै प्रिमियर लिग जितेको थियो । प्रशिक्षक पेप ग्वार्डिओला सिटीमा आएपछि उनले टिमलाई चार वर्षमा तेस्रो लिग उपाधि जिताएका हुन् । 


सिटी यो सिजन च्याम्पियन्स लिग फाइनलमा समेत पुगेको टिम हो । उसले मे २९ तारिखमा प्रिमियर लिगकै क्लब चेल्सीसँग उपाधिका लागि खेल्दैछ । पहिलोपटक फाइनल पुगेको सिटीलाई यो सिजन च्याम्पियन्स लिग उपाधि उचाल्ने अवसर पनि छ । 


 


Author

थप समाचार
x