प्रमुख समाचार

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ

इकागज |
बैशाख २९, २०८० शुक्रवार १४:४ बजे

काठमाडौं– शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालक मदन राई पक्राउ परेका छन् । बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले राई पक्राउ परेको जानकारी दिएका छन् । कृषि विज्ञका रूपमा परिचित राईलाई खोटाङस्थित शुभम फाउन्डेसनबाटै पक्राउ गरिएको हो । 

उनले आफ्नै फाउन्डेसनमा बसेर पढ्ने बालिकाहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको समाचार बिहीबार सेतोपाटी डटकमले प्रकाशित गरेको थियो । समाचारमा ७५ वर्षीय मदनले बालिकाहरूको संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्नो गोप्य अंग छुन लगाउने, नग्न शरीर देखाउने गरेको बताएका छन् । 



 


Author

थप समाचार
x