प्रमुख समाचार

सरकार मौन तर नेपालप्रति माया राख्‍ने अमेरिकीद्वारा सिनेटको समितिमा काेभिड चिन्ता

इकागज |
बैशाख ३०, २०७८ बिहीबार १३:४७ बजे

काठमाडौँ : अमेरिकी सिनेट अन्तर्गतको वैदेशिक मामिला समितिको एक समूहमा नेपालमा कोभिड-१९ को महामरी बारे छलफल भएको छ । कोभिड-१९ भाइरसले नेपाललाई असहजमा पारेको र नेपालको राजनीतिक अवस्था पनि तरल रहेको भन्दै त्यहाँ छलफल भएको थियो । 

कोभिड-१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’ बारे हुने प्रश्‍न-उत्तर कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मुर्फेले नेपालको बारेमा जिज्ञसा राखेका थिए । उनले दक्षिण एसियाको विकराल अवस्थालाई लक्षित गर्दै नेपाल पनि त्यसमा परेका बताएका हुन् ।


अमेरिकामा रहेका नेपालीहरूले लगातार लविङपछि उनले समितिमा नेपालको सम्बन्धमा पनि चासो राखेका हुन् । कोभिड–१९ संक्रमण र मृत्युदरका हिसाबले अहिले नेपाल भारतभन्दा जोखिममा देखिन्छ । । नेपालमा रहेको दबाब समूहको धारणा सुनेकोझैं पारिए पनि अमेरिकामा रहेकाहरूको लगातार दबाब र नेपाल प्रति माया गर्ने अमेरिकीहरूका कारण पनि यो सम्भव भएको न्यूयोर्कस्थित नेपाली नियोगका अधिकारीहरूले बताए । खासमा दक्षिण एसियाको कुरा उठ्दा त्यसमा नेपाल आउने गर्छ । 

नेपालको जनसंख्या सवा तीन करोड छ । यतिबेला उनीहरू राजनीतिक अस्थिरता र कोभिड-१९ दुवैको मारमा परेको पनि प्रशंग उठेको हो । नेपालमा अमेरिकी सहयोग नियोग युएसएआइडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गरेको जानकारी न्यूयोर्क स्थित नेपाली नियोगका एक अधिकारीले भने । 

सिनेटर क्रिसले नेपालमा समयमा भारतबाट खोप पुग्‍न नसक्दा समस्या आएको र अन्य स्वास्थ्य सामाग्री पनि सहयोगमा ल्याउन नसकेको भन्दै चासो देखाएका थिए । अमेरिकाले विश्वमा परेको संकट मोचनका लागि उपलब्ध गराउने खोप नेपालमा पनि दिन पर्ने भन्दै लबिङ भइरहँदा यस्तो कुरा उठेको हो । 

कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको जनाएका थिए । नेपालमा संक्रमण उच्चदरमा फैलिएको पनि उनले जानकारी दिए । अमेरिकाका लागि नेपाली राजदूतले कत्तिपनि प्रयास नगर्दा पनि नेपालको विषय उठ्दा खुशी लागेको बताएका छन् । उनले अमेरिकी सहयोग नेपालको लागि अपरिहार्य रहने भन्दै कोभिड विरुद्धको खोपमा पनि अमेरकी सहयोग रहने विश्वास उनले गरेका छन् 


Author

थप समाचार
x