प्रमुख समाचार

ठाकुर-महतोलाई यादवको प्रश्न : मधेशका माग र मुद्दा के-के हुन्, ओलीले के-के पूरा गरे ?

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार २१:१८ बजे

काठमाडौँ  : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नै पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई केपी ओलीले मधेसका केके माग पुरा गरे भन्दै प्रश्न गरेका छन् । 
ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना माग पुरा गर्न थालेको भन्दै समर्थन गरेपछि यादवले यस्ते प्रश्न गरेका हुन् । यादवले १२ वटा बुँदामा मागहरु उल्लेख गरेर कुनकुन माग पुरा भए भन्दै यादवले प्रश्न गरेका हुन् ।  जसपामा यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई एकतिर छन् भने ठाकुर र महतो एक तिर छन् । 

यस्तो छ यादवले उल्लेख गरेका १२ बुँदा 


मधेशका मूलमाग र मुद्दाहरु के के हुन् ? के पी ओलीले के के पूरा गर्ने भए ?

१. आत्मनिर्णयको अधिकारका साथै स्वयत्त मधेश प्रदेश सहित पहिचानमा आधारित (१० +१ ) प्रदेशको स्थापना ।

२. समनुपतिक निर्वाचन प्रणाली ।

३. शासन - प्रशासन , न्यायपालिका , सेना, प्रहरी , कर्मचारीतन्त्र आदिमा सामुदायिक / जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण ।

४.सरकारी कामकाजी भाषामा समान- बहुभाषिक नीति ।

५. मधेसी समुदायको राष्ट्रिय पहिचानको मान्यता ।

६. दलित , महिला र उत्पीडित समुदायको लागि आरक्षण र सामाजिक न्यायको ब्यबस्था ।

७. राज्यद्वारा प्रदन गरिने सेवा, सुबिधा र अवसरमा समान पहुचको प्रत्याभूति ।

८. वर्ग, वर्ण , लिङ्ग , जात / जातिका आधारमा हुने शोषण, उत्पीडन र विभेद्को अन्त्य ।

९. नागरिकता समस्याको समाधान ।

१०. जल, जङ्गल र जमीनमाथिको अधिकार ।

११. संविधान संशोधन गरी राष्ट्रिय समस्याहरुको समाधान ।

१२. मधेस र थरुहट आन्दोलनको दौरान लगाइएका मुद्दहरुको खारेजी , रेशम चौधरी लगायत सम्पुर्ण राजबन्दीहरुको रिहाई ।

के. पी. ओलिले मधेसीहरुका सबै माग मुद्दाहरू पूरा गर्छन भन्ने स्वघोषित मधेसी नेताले भन्नू पर्छ यी मध्ये कुन कुन माग पुरा गरिदिए ? नत्र झुठो बोली मधेसोहरुलाई भ्रममा पारी धोखा दिने र आफ्नो स्वार्थ पुर्ती गर्ने काम नहोस् ।


Author

थप समाचार
x