प्रमुख समाचार

कस्‍तो रहला आजको मौसम ?

इकागज |
जेठ १, २०७८ शनिबार ८:११ बजे

काठमाडौँ : शनिबार देशभरको मौसम सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार हाल पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण बदली हुने देखिएको हो । देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि भू-भागहरूमा भने सामान्‍यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । 

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बांकी भु-भागहरूमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली रहेने छ। प्रदेश नं १ का पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 



Author

थप समाचार
x