प्रमुख समाचार

जसपा विवाद

दलको विधान नै नबनी कसरी नेता चुनिन् सक्छन् : यादव समूह

इकागज |
जेठ १, २०७८ शनिवार १७:५५ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीको प्रतिनिधि सभामा स‌सदीय दलको नेता चयन नभएको बताएको छ । पार्टीका कार्यकारिणी समिति सदस्य एवं कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति निकाल्दै दलको समायोजन भएको र विधान पनि नरहेको अवस्थामा एकलौटी दलको नेता चयन भयो भन्‍नु आश्चर्यजनक भएको बताएका छन् । 

पार्टीको अन्तरिम विधान २०७७ को धारा २८ को उपधारा ८ बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदित हुनु पर्ने अनिवार्य व्यवस्था रहेको र कार्यकारिणी समितिले विधान अनुमोदन नगरेको अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 



Author

थप समाचार
x