प्रमुख समाचार

एनएसएलः पहिलो संस्करणको विजेता बन्यो काठमाडौँ

इकागज |
जेठ १, २०७८ शनिबार १९:३७ बजे

काठमाडौँ: काठमाडौँ रेजर्सले शनिबार नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । मेसौके ओलौमौउले खेलको एक मात्र गोल गरेपछि काठमाडौँले फाइनलमा धनगढी एफसीको चुनौती पन्छायो । 

एनएसएलको पहिलो संस्करणको च्याम्पियन बनेवापत काठमाडौँले ३५ लाख नगद पुरस्कार प्राप्त गर्‍यो । उप-विजेता धनगढीले १५ लाख पायो । एनएसएलको यात्रामा काठमाडौँका लागि अफ्रिकी खेलाडीहरूको योगदान महत्वपूर्ण रह्यो । 


काठमाडौँले फाइनल समेत गरी नौ खेलमा कुल १४ गाल गर्दा दुई अफ्रिकी खेलाडीको नाममा ११ गोल रह्यो । फाइनलमा गोल गरेका ओलौमौउले आठ गोल गरे भने स्टेफन समिरले तीन गोल गरे । 
  


 


Author

थप समाचार
x