प्रमुख समाचार

प्रधानमन्त्री ओलीको शपथ दोहोर्‍याउन माग गर्दै सर्वोच्चमा अर्को रिट

इकागज |
जेठ ३, २०७८ सोमबार १३:२४ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ मा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिदाँ त्रुटी भएको भन्दै अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही, तेजकुमार लोहीया, प्रकृति खड्का, वीरभद्र जोशी र डायमण्ड लामिछानेले परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । 

उक्त रिटमा प्रधानमन्त्रीले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य–निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा ‘प्रतिज्ञा गर्छु’ भन्न नमानेको र राष्ट्रपतिले दोहोर्‍याएर भन्दा पनि ‘त्यो पर्दैन’ भन्दै सम्मानित राष्ट्रपति संस्थालाई निर्देशनात्मक आदेश दिएकोले यो संविधान प्रतिकूल भएको उल्लेख छ । 


त्यस्तै, प्रधानमन्त्रीले म केपी शर्मा ओली भनी आफ्नो नाम उच्चारण गरेकोमा संक्षिप्त अंग्रेजी नाम संविधानले नचिन्ने भन्दै आफ्नो पूरा नाम खड्गप्रसाद शर्मा ओली भन्नुपर्ने रिटमा उल्लेख छ । प्रधानमन्त्रीको शपथ दोहोर्‍याउन माग गर्दै अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली लगायतसमेतको गरी सर्वोच्चमा चारओटा रिट परेको छ । 

यस्तो छ रिटको व्यहोरा 


Author

थप समाचार
x