प्रमुख समाचार

कर्णालीमा नियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

लक्ष्मी भण्डारी |
जेठ ३, २०७८ सोमबार १५:६ बजे

सुर्खेत : कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार नियुक्त गरेका दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् । 

मुख्यमन्त्रीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा सीता नेपालीलाई नियुक्त गरेका थिए । मन्त्रीद्धयलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनियताको शपथ खुवाएका छन् । 


गत बुधबार मुख्यमन्त्री शाहीले तीन जना मन्त्री नियुक्त गरेका थिए । तर मुख्यमन्त्रीको पद जोगाउन प्रमुख भुमिका खेलेको नेपाली काँग्रेससँग मन्त्रालय बाँडफाँडमा कुरा नमिलेपछि शपथ ग्रहणको कार्यक्रम रोकिएको थियो । 

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम मन्त्री आइतबार साँझ नियुक्त गरेको थियो । नेपाली काँग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालय र उर्जा तथा जलस्रोत मन्त्रालय भने रिक्त छ । 


Author

थप समाचार
x