प्रमुख समाचार

चीनले अनुदानमा दिएको अक्सिजन यो साताभित्रै आइपुग्छ : राजदूत यान्छी

इकागज |
जेठ ३, २०७८ सोमबार १६:३ बजे

काठमाडौँ : नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले अनुदानमा पठाउने अक्सिजन सिलिन्डर लगायत स्वास्थ्य सामग्री यसै साता नेपाल आइपुग्ने बताएकी छिन् । 

उनले ट्वीटमार्फत् ‘चीनले अनुदानमा पठाउन लागेको अक्सिजन सिलिन्डर यसै साता नेपाल आउपुग्‍ने’ उल्लेख गरेकी छिन् । यतिबेला तातोपानी नाका हुँदै चीनबाट व्यवसायीले ल्याएका अक्सिजन सिलिन्डर सरकारले ल्याएको भनेर प्रचार गरेको भन्दै विवाद भैरहेको छ । सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समितिले आइतबार चीनले अनुदानमा पठाएका १८ हजार सिलिन्डर अक्सिजन तातोपानी आइपुगेको समाचार प्रकाशन गरेको थियो । 



 


Author

थप समाचार
x