प्रमुख समाचार

भारतमा सामुन्द्रिक आँधीको भय

इकागज |
जेठ ३, २०७८ सोमबार १७:४९ बजे

काठमाडौँ: भारतका पश्‍चिमी तटिय राज्यहरूमा सामुन्द्रिक आँधीको भय छाएको छ । ताउते नाम गरेको सामुन्द्रिक आँधी गुजरात प्रवेश गर्ने अनुमानसँगै त्यहाँका करिब १ लाख ५० हजार मानिसलाई  सुरक्षित स्थानतर्फ सारिएको हिन्दुस्तान टाइम्सले लेखेको छ । 

केरला, कर्नाटका, गोवा र महाराष्ट्र लगायतका राज्यमा पनि आँधीले ठूलो क्षती पुर्‍याएको छ । अरेबियन सीबाट तटीय राज्यतर्फ प्रवेश गरेको आँधीका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् । 


ताउते गुजरात पुग्‍ने सन् १९९८ यताकै सबैभन्दा शक्तिशाली सामुन्द्रिक आँधी रहेको बताइएको छ । भारतीय सञ्‍चार माध्यमका अनुसार १९९८ को आँधीले गुजरातमा जनधनको ठूलो क्षति गराएको थियो । करिब चार हजारले ज्यान गुमाएका थिए । 

ताउते सोमबार दिउँसो मुम्बई पुगेको थियो । भारतको मौसम विभागका अनुसार मुम्बईमा ताउतेको गति ११४ किलोमिटर प्रति घण्टा थियो । आँधी र अत्याधिक वर्षाले मुम्बई सहरलाई प्रभावित गरेको भारतीय सञ्‍चार माध्यमले उल्लेख गरेकाछन् । क्षतीको यकिन विवरण भने आइसकेको छैन । यद्यपि महाराष्ट्रकै कोनकान क्षेत्रमा आँधीकै कारण दुईजनाले ज्यान गुमाएका छन् । 

उता कर्नाटकामा भने छ जनाले ज्यान गुमाएको र करिब १२१ गाउँ अत्याधिक प्रभावित भएको बताइएको छ । ती गाउँबाट करिब ५४७ जनालाई उद्दार गरिएको छ । तीमध्ये २९० जनालाई १३ राहत शिविरमा राखिएको छ । कर्नाटकामा करिब ३ सय ३३ घर नष्ट भएको हिन्दुस्तान टाइम्समा उल्लेख छ ।  
 


Author

थप समाचार
x