नेपालको पछिल्लो समस्या घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा अडेर समाधान होस् : भारत
काठमाडौँ : मुलुकको पछिल्लो राजनीतिक उथलपुथलमा दक्षिणी छिमेकी भारतको चर्काे चलखेल रहेको विश्लेषणहरू आइरहकै समयमा भारतले त्यसलाई अस्वीकार गरेको छ । भारतले औपचारिक रुपमा नै विदेश मन्त्रालय मार्फत आफ्नो धारणा बाहिर ल्याउँदै भनेको छ, ‘हामीले यो विषयलाई नेपालको आन्तरिक ममिला मानेका छौँ ।’
नेपालको यो समस्या नेपाल आफैले समाधान गर्न पर्ने भन्दै यसलाई भारतले नेपालकाे आन्तरिक मामिलाको रुपमा विश्लेषण गरेको हो । भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई जिज्ञासामा आन्तरिक मामिला भन्दै भनेको छ, 'नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ ।’
भारतीय विदेश मन्त्रालयले नेपालले अहिलेको समस्या आफैँ समाधान गर्नुपर्ने पनि प्रष्ट पारेको छ । 'नेपालको आन्तरिक मामिला नियाल्ने बाहेक अन्य भूमिका हँदैन । हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेका छौं । यसलाई हामी नेपालको आन्तरिक मामिलाका रुपमा नै लिन्छौँ,’ बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोधिएको प्रश्नको उत्तर दिँदै भनेका हुन् ।
नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिला भने पनि उसले नजिकबाट नियालेको पनि बताएका छन् । पछिल्लो समय नेपालमा जे जति राजनीतिक घटनाक्रमहरू हुनु अगाडि यहाँ भारतीय सैन्य अधिकारी, गुप्तचर निकायका प्रमुख र केही राजनीतिक नेताका नेपाल भ्रमण पनि भएकाले छिमेक प्रति प्रश्न उठेको हुनसक्ने यहाँका राजनीतिज्ञहरूले भनिरहेका छन् । सरकारले पनि आफू छिमेकसँग ढुक्क रहे झै देखिने गरि हुँकार्ने गर्दा वा विषय उठाएकाले पनि यस्तो सन्देश गएको हुनसक्ने परराष्ट्र अधिकारीहरू नै बताउँछन् ।
प्राय नेपालमा हुने राजनीतिक घटनाक्रममा भारतको कुनै न कुनै प्रकाको चासो र चिन्ता रहने हुनाले पनि यहाँ भएको घटनामा भारत तर्फ सोझिएको हो । विभिन्न राजनीतिक दलका नेताहरूले भारतलाई नै यसमा दोशारोपण गरिरहेका छन् । सुरक्षा अधिकारीले आएर प्रधानमन्त्रीलाई घण्टौँ भेट्ने त्यो भेटबारे कुनै औपचरिक धारणा बाहिर नआउने र त्यसको केही समयपछि राजनीतिक उथल पुथल भएपछि छिमेक प्रति नियाल्नु स्वभाविक हो ।
संयोग नै भए पनि छिमेकमा भएको राजनीतिक उथलपुथलको विषयमा भारतीयले आफ्नो धारणा स्पष्ट पार्न पर्ने थियो । प्रायः यस्तो जटिल अवस्थामा राजनीतिक पुग्दा दुवै छिमेक मात्र होइन शक्ति मुलुकले समेत नजिकबाट नियाली रहेको भन्दै चासो राख्ने गर्थे । तर, यसपटक खासै चासो राखेका छैनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया