प्रमुख समाचार

प्रतिनिधि सभा विघटन प्रकरण

अर्कालाई औला ठड्याउँदा आफूतिरै चार औला फर्किएका हुन्छन् : महान्यायाधिवक्ता

इकागज |
जेठ १६, २०७८ आइतवार १३:२७ बजे

काठमाडौँ : महान्यायाधिवक्ता रमेश बडालले अर्कालाई औला ठड्याउँदा आफूतिरै चार औला फर्किएका हुन्छन् भन्‍ने ख्याल गर्न अधिवक्ता र रिट निवेदकहरूलाई आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठमाथि उठेका प्रश्नका विषयमा बहस गर्दै महान्यायाधिक्ता बडालले यस्तो बताएका हुन् । 

उनले अदालतमाथि दबाब दिने अधिकार कसैलाई पनि नभएको बताए । 'अदालतमाथी प्रेसर क्रीयट गर्ने अधिकार कुनै पक्षलाई पनि हुँदैन । यो मुद्दामा दबाब सिर्जना गर्ने मेन्टालिटी देखिएको छ । मिडिया ट्रायल भैरहेको छ,' बहसका क्रममा महान्यायाधिवक्ता बडालले भने । 
  
आफ्‍नो बारेमा प्रश्न उठेपछि उनले अर्कालाई दोषी देखाउँदा आफू कस्तो छु त्यो पहिला हेर्न पनि अधिवक्ता र रिट निवेदकलाई सुझाए । 



Author

थप समाचार
x