प्रमुख समाचार

कालो कोट लगाएका अराजकहरूले न्यायाधीशको मर्यादा कुल्चिए : ओली

इकागज |
जेठ १७, २०७८ सोमबार १८:१९ बजे

फाइल तस्बिर

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो कोट लगाएका अराजक व्यक्तिहरूले न्यायमूर्तिहरूको मर्यादा कुल्चने काम गरेको बताएका छन् । सोमबार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्‍नप्रति आक्रोश व्यक्त गरेका हुन् ।

ओलीले रिट निवेदक र अधिवक्ताहरूले अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान गरिमा कुल्चने काम गरेको टिप्पणी गरेका हुन् । अधिवक्ताहरूले न्यायाधीश तय गर्ने हो भने कस्तो न्यायिक सिस्टम तय गछौं भन्‍ने प्रश्‍न सिर्जना भएको उनको भनाइ छ ।


त्यस्तै आफूले प्रक्रिया पुर्‍याएरै प्रतिनिधि सभा विघटन गरेकाले विपक्षीहरू अदालतमा गएर केही नहुने भन्दै ओलीले निर्वाचनमार्फत जनतामा जान्छु भन्‍नु प्रतिगमन नहुने बताए । प्रधानमन्त्री ओलीले मतका लागि 'पपुलिस्ट' र घटिया काम सरकारले नगर्ने दाबी गरे ।

प्रधानमन्त्री ओलीले केही दलले दल विभाजन र किर्ते काम गरिरहेको भन्दै किर्ते कागजका भरमा प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी भएको आरोप लगाए । एमाले नेता माधवकुमार नेपाल-झलनाथ खनाललगायतका केही नेता आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न निर्लज्ज तरिकाले लागेकोसमेत उनले बताए । 

प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट घेराबन्दी भएको भन्दै ओलीले त्यसलाई चिर्न युवा संघलाई निर्देशनसमेत दिए । 


Author

थप समाचार
x