प्रमुख समाचार

न्यून चापीय क्षेत्रको प्रभावले हल्का वर्षाको सम्भावना

इकागज |
जेठ १८, २०७८ मगलवार ६:२५ बजे

काठमाडौँ : पश्चिमी वायु र भारतको विहार आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार देशका धेरैजसो ठाउँमा बदली हुने र हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ ।

पश्चिमी वायुका साथै स्थानीय वायु र भारतको विहार आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले ठूलो वर्षाको सम्भावना नरहेको विभागका मौसमविदले बताएका छन् ।


बागमती, गण्डकी र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा भने हल्का वर्षा भइरहेको पनि विभागले जनाएको छ । देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ । देशभर केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । 

बुधबार, बिहीबार पनि देशका धेरैजसो ठाउँको मौसम बदली हुनुका साथै हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 


Author

थप समाचार
x