भेरीमा आवेगका कारण चिकित्सकमाथि कुटपिट भयो : प्रतिवेदन
बुटवल : जेठ १३ गते राती भेरी अस्पतालमा भएको स्वास्थ्कर्मीमाथिको सांघातिक आक्रमणलाई छानविन समितिले आवेगको परिणाम भनेको छ । नर्सिङ स्टाफसहित चिकित्सक समेत ज्यान जोगाउन एकतलाबाट हामफाल्नुपर्ने गरि भएको हमलालाई छानविन समितिले आवेगमा भएको घटनाको संज्ञा दिँदै अस्पतालमा उपचारमा सुधार गर्नुपर्ने सुझावहरू दिएको छ ।
प्रतिवेदनले अस्पतालको सेवामा केहि कमी भएको संकेत गर्दै घटना घटाउनेहरू आवेगमा आएको प्रतिवेदनको आशय रहेको छ । १७ गते साँझ बुझाएको छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्यु पश्चात तत्कालै आएको आवेगको कारण घट्न गएको निश्कर्ष निकालिएको जानकारी दिए ।
घटना लगत्तै सुरक्षाकको माग गर्दै स्वास्थ्यकमीहरूले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शकरबहादुर बिष्टको संयोजकत्वमा ७ सदस्य छानविन समिति गठन गरिएको थियो । समितिले बुझाएको प्रतिवेदनमा विभिन्न २० बुँदेकमी कमजोरी औल्याउँदै २५ बुँदे सुझावसमेत दिएको छ ।
अस्पतालमा उपचारको लागि आउने बिरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विशेष ध्यान पुराउन समितले सुझाव दिएको उल्लेख गर्दै प्रजिअ गेलालले अस्पतालको सेवालाई अझ गुणस्तरिय बनाउन पनि प्रतिवेदनमा भनिएको बताए । प्रतिवेदन आउनु अघिनै प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरि ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको छ ।
प्रतिवेदनमा स्वास्थ्कर्मी र अस्पताल परिसरमा हुने र हुन सक्नेमाथि कारबाहीको कानुन फितलो भएको तर्फ संकेत गर्दै कडा कानुन बनाउन सुझाव दिए पनि १३ गते भएको घटनामा संलग्नहरूलाई कस्तो प्रकृतिको कारबाही गर्नुपर्ने हो वा कुन कसुरमा कारबाही हुने हो भन्ने विषय समावेश गरिएको छैन । घटना भएर प्रहरी नियन्त्रणमा पुगिसकेपछि पनि संलग्न मानबहादुर रावतले स्वास्थ्यकर्मीहरूसँग बदला लिएरै छाड्ने धम्कि दिएको बिषयलाई आवेग मात्र भन्ने नमिले पनि समितिले घटनालाई आवेगमा सिमित गर्न खोजेको छ ।
गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि मृतकका भाई मानबहादुरसहित छोराहरूले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट गर्दै आईसीयू कक्ष तोडफोड गरेका थिए । घटनामा संलग्न रहेका मृतकका भाइहरू मानबहादुर, भरत तथा छोरा लोकराजविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने तथा शरिरीक उपद्र कसुरमा मुद्दा दर्ता गरेको छ ।
अस्पतालमा उपचारको क्रममा विरामीको मृत्यु भएमा मृतकका आफन्तले उपचारमा लापरवाही भयो भन्दै जाइलाग्ने घटनाहरू वृद्धि भएको भन्दै भेरी अस्पतालका चिकित्सक, नर्सिङ्ग स्टाफ तथा स्वास्थ्यकर्मीहरू घटनामा संलग्नहरू माथि कडा कारबाहीको माग गर्दै आन्दोलन समेत गर्दै आएका छन् । समितिको प्रतिवेदनप्रति स्वास्थ्यकर्मीहरूले असन्तुष्टि जाहेर गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया