प्रमुख समाचार

सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार

तीन जना पक्राउ

सुभाष कर्ण |
जेठ २३, २०७८ आइतवार ५:४५ बजे

फाइल फोटो

जनकपुरधाम : सिरहाको मिर्चैयामा एक व्यवसायीमाथि गोली प्रहार भएको छ । शनिबार राती मिर्चैया नगरपालिका ५ को मूख्य चोकमा औषधि पसल सञ्चालन गर्दै आएका ३९ वर्षीय रामसागर साफीलाई ४ जनाको समूहमा आएको अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

प्रहरीका अनुसार गोली प्रहारबाट औषधि व्यवसायी साफी गम्भीर घाइते भएका छन् । उनको मिर्चैयास्थित मंगलम हेल्थ केयरमा उपचार भइरहेको छ । साफीको दाँया खुट्टा र हातमा गोली लागेको छ ।


पसलमा हिसाब मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी हतियारधारी समूहले गोली प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाका  डिएसपी शालिग्राम शर्माले बताए । घटनाबारे अनुसन्धान भइरहेको र गोली प्रहारमा संलग्न रहेको अशंकामा तीन जनालाई पक्राउ गरिएको उनले बताए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x