प्रमुख समाचार

जसपा प्रदेश २ दलको नेतामा राउत चयन

सुभाष कर्ण |
जेठ २३, २०७८ आइतवार १४:१ बजे

जनकपुरधाम : जनता समाजवादी पार्टी प्रदेश-२ स‌सदीय दलको नेतामा  मुख्यमन्त्री लालबाबु राउतलाई चयन भएका छन् । उपेन्द्र यादव समुहले मुख्यमन्त्री राउतलाई दलको नेतामा चयन गरेको हो ।  

पार्टी अध्यक्ष यादवको उपस्थितिमा जनकपुरधाम बसेको बैठकले राउतलाई दलको नेता चयन गरेको स्रोतले बतायो । दुई दिनसम्म चलेको बैठकबाट प्रदेश संसदीय दलको विधान पारित पारित गरेर त्यही विधान अनुसार दलको नेता चयन गरिएको हो । 


बैठकमा तत्कालिन समाजवादी पार्टीका ३० जना र तत्कालिन राजपाका मन्त्री रामनरेश राय र नवलकिशोर साहलगायत ८ जना प्रदेशसभा सदस्य गरी ३८ जना सहभागी रहेको स्रोतले बतायो । उनीहरूले निर्णयमा हस्ताक्षर गरेका छन् । 

३८ भन्दा बढी प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित आजै प्रदेशसभा सचिवालयमा नेतामा राउत चयन गरिएको जानकारी प्रदेशसभा सचिवालयमा दिने तयारी अन्तिम चरणमा रहेको बताइएको छ ।  


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x