प्रमुख समाचार

प्रदेश-२का ४ मन्त्री बर्खास्त

सुभाष कर्ण |
जेठ २३, २०७८ आइतवार २२:१६ बजे

जनकपुरधाम : प्रदेश-२स्थित जनता समाजवादी पार्टी महन्थ ठाकुर समूहका ४ जना मन्त्रीलाई बर्खास्तीमा परेका छन् । मुख्यमन्त्री लालबाबु राउतले ठाकुर समूहका मन्त्रीहरू जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् ।

आइतबार साँझ मुख्यमन्त्री राउतले मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । यो कदमभन्दा पहिलेजनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव खेमाले राउतलाई संसदीय दलको नेता चयन गरेको थियो ।



Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x