प्रमुख समाचार

खोप कूटनीतिबारे पाण्डेको सुझाव : ‘भीमसेन थापाबाट कूटनीति बुझुन्’

इकागज |
जेठ २४, २०७८ सोमबार १६:११ बजे

काठमाडौँ : पूर्वपरराष्ट्र मन्‍त्री रमेशनाथ पाण्डेले खोप भित्र्याउन सरकार कूटनीतिक रूपमा असफल भएको संकेत गर्दै भीमसेन थापाबाट सिक्न र इतिहास बुझ्‍न सुझाएका छन् । ‘सतर्कतापूर्वक, नेपालको तत्कालीन र दीर्घकालीन हितलाई संयम र परिपक्व ढङ्गले संचालित वैदेशिक सम्बन्धमा पनि विचलन आएको छ ।शासक वर्गले इतिहासको पाठ बिर्सिएका छन्,’ उनले लेखेका छन् ।

जतिखेर भीमसेन थापा प्रधानमन्त्री थिए, त्यतिबेला भारतमा शासन चलाइरहेका ब्रिटिश कम्पनीसँग नेपाल युद्ध गरिरहेको थियो । त्यही समयमा नेपालमा बिफर र दादुराको महामारी फैलियो । त्यस्तो युद्धका समयमा पनि खोप भित्रयाउँदै नेपाली नागरिक बचाएका थिए ।


‘त्यतिखेर हामीसँग चिकित्सक कहाँबाट हुुनु ? सम्भवत् कम्पाउन्डर पनि थिएनन् होला’ पाण्डेले इकागजसँग भने, ‘त्यो अवस्थामा कूटनीतिक कौशलता प्रदर्शन गरी उनले खोप-औषधि भित्र्याएका थिए । त्यतिखेर राजपरिवारकै सदस्यको पनि निधन भएको थियो ।’

यतिखेर भारतीय खोप नआएको पृष्ठभूमि जोड्दै पाण्डेले सामाजिक सन्जालमा लेखेका छन्, ‘ब्रिटिश इण्डियामा ६० हजारभन्दा बढी मरेका थिए-त्यसबेला नेपाल र ब्रिटिश  इण्डिया युद्धको अवस्थामा थिए-तर प्रधानमन्त्री भीमसेन थापाको कूटनीतिक सिपले ब्रिटिश खोप ल्याएर जनतालाई बचाएको थियो । भारतीय खोपको पहिलो मात्रा लगाई सकेका नागरिकहरु यो दाबीले नेपालको वर्तमान राजनीतिलाई प्रभाव पार्ने लेनदेनलाई मात्र संकेत गरेको हैन भने अब त भारतीय खोप आउला नि  !’

भारतमा उत्पादित पहिलो डोज ‘कोभिशिल्ड’ लगाएका जेष्ठ नागरिक र अन्य व्यक्तिहरू दोस्रो खोप लगाउन नपाएर छटपटिएका छन् । सरकार र बिचौलिया खेलमा समय ब्यतित भएपछि भारतबाट दोस्रो खेपको ‘कोभिशिल्ड’ आउन सकेन । सरकारले खोप भित्र्याउन ‘कूटनीतिक’ काम गर्न चुक्न पुगेको छ ।


Author

थप समाचार
x