प्रमुख समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

इकागज |
जेठ २७, २०७८ बिहीबार १९:२२ बजे

फाइल तस्बिर

काठमाडौँ : आज दिउँसो विस्तार भएपछि पहिलो पटक सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । नयाँ मन्त्रीहरूको परिचयात्मक कार्यक्रमसहितको नियमित बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

‘मन्त्रिपरिषद् विस्तार भएपछि नयाँ मन्त्रीहरूको परिचयात्मक कार्यक्रमसहितको नियमित बैठक अहिले सिंहदरबारमा जारी छ,’ प्रेस सल्लाहकार थापाले इकागजसँग भने । 


साँढे ६ बजेबाट बैठक सुरु भएको हो । बैठकमा सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कायान्वयनमा नल्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको विषयमा पनि छलफल हुने एक मन्त्रीले बताए । 

प्रधानमन्त्री ओलीले आजमान्त्री मन्त्रिपरिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थप गरेका थिए । 
 


Author

थप समाचार
x