प्रमुख समाचार

मनाङे बर्खास्त  कि राजीनामा ?

अनिष भट्टराई |
जेठ २७, २०७८ बिहिवार २३:५० बजे

पोखरा : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई बर्खास्त गरेका हुन् । उनी वर्खास्तमा परेको खबरसँगै राजीनामा दिएको पत्र पनि सार्वजनिक भएको छ । कुन पहिले भन्ने  अझै अन्याैल भनिए पनि उनले राजीनामा दिएर हिडेको उनी निकटस्थले बताएका छन् ।  

मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बाले विश्वासको मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेका थिए । मनाङेलाई कास्की प्रहरीले बिहीबार बेलुका लेकसाइडको वरपिपल रिसोर्टमा फेला पारेको थियो । त्यसअघि पोखराबाट नै कांग्रेसका गुण्डा नाइके गणेश लामा पक्राउ परेका थिए ।


मनाङ ‘ख’ बाट निर्वाचित मनाङेलाई मुख्यमन्त्री गुरुङले पहिलो कार्यकालमै मन्त्री बनाएका थिए । त्यसलगत्तै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले मन्त्रालय विस्तार गर्दा मनाङेलाई मन्त्री बनाएका थिए ।

मनाङेले सदन विघटन रोक्न आफूले विपक्षीलाई साथ दिने भन्दै बिहीबारबाट गायब भएका थिए । उनी बिहीबार पनि सदनमा अनुपस्थित रहे । मनाङेले कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग गर्ने घोषणा गरेका छन् ।

मनाङेले साथ दिएमा पाेखरेलको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन हुनेछ । अहिले एमालेतर्फ २७ सांसद छन् भने कांग्रेस नेतृत्वको गठबन्धनमा ३० सांसद । मनाङेले साथ दिएमा कृष्णचन्द्रको पक्षमा हुमत पुग्‍नेछ ।


Author

थप समाचार
x