प्रमुख समाचार

वैद्यलाई प्रवक्ता शर्माको निर्देशन : भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्‍न, शब्द फिर्ता लिएर आत्मालोचना गर्नुस्

इकागज |
जेठ २९, २०७८ शनिबार ७:२६ बजे

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेश सभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्‍जालमा लेख्‍दै उनले यस्तो बताएका हुन् ।

शर्माले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको उल्लेख गरेका छन् । ट्विटरमा लेख्दै उनले वैद्यलाई शब्द फिर्ता लिई आत्मालोचना गर्न पनि भनेका छन् । 


'सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्‍न ! आवेगको बोली र व्यवहार 'भावनात्मक उत्तेजना' भनेर उन्मुक्ति हुन्‍न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्‍ने हाम्रो परम्परा छैन!,' उनले ट्‍वीट गरेका छन् । 

वैद्यले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्‍न तयार रहेको बताएका थिए ।


Author

थप समाचार
x