प्रमुख समाचार

विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन

इकागज |
जेठ २९, २०७८ शनिबार १०:४२ बजे

काठमाडौँ: नेपाली कांग्रेसले शुक्रबार बागमती प्रदेश सभा बैठकमा विवादास्‍पद अभिव्‍यक्‍ति दिएका आफ्‍ना सांसद नरोत्तम वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । शनिबार विज्ञप्‍तिमार्फत प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न समेत सचेत गराएको जनाएको छ ।

'बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षणलगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ,' प्रवक्ता विश्‍वप्रकाश शर्माद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ, 'प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको छ ।'



Author

थप समाचार
x