प्रमुख समाचार

महाधिवेशनको मिति सार्न कांग्रेस पदाधिकारी बैठक जारी

इकागज |
जेठ २९, २०७८ शनिबार १४:५१ बजे

काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको छ । बैठकले पार्टीको १४ औं महाधिवेशनको पूर्वनिधारित मिति परिवर्तन गर्न केन्द्रीय समितिमा सिफारिस गर्नेछ ।

केन्द्रीय सदस्य एनपी साउदले बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति परिवर्तन गर्न केन्द्रीय समितिमा सिफारिस गर्नेछ । ‘बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति दुई साता सार्ने विषयमा केन्द्रीय समितिमा सिफारिस गर्नेछ,’ साउदले इकागजसँग भने, ‘आन्तरिक अधिवेशनका कार्यतालिका पनि परिवर्तनको सिफारिस हुनेछ ।’


गत फागुन ६ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौ ७-१० गते महाधिवेशन गर्ने निर्णय गर्दै आन्तरिक कार्यतालिका पनि तय गरेको थियो । 
नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुरुप कांग्रेसको महाधिवेशन आगामी भदौ १९ गतेभन्दा पर सार्न सकिन्न । तसर्थ ७ गतेबाट बढाएर १९ गतेसम्म सार्न पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय समितिमा सिफारिस गर्नेछ ।
 
बैठकमा कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी, विघटित प्रतिनिधि सभामा पार्टीका पदाधिकारीहरूको सहभागिता छ । 
 


Author

थप समाचार
x