प्रमुख समाचार

मेलम्ची खानेपानीमा बाढी पस्यो, 'बिजुली गएकाले क्षति थाहा भएन'

इकागज |
असार १, २०७८ मंगलबार २१:१७ बजे

फाइल तस्बिर

काठमाडौँ :  मेलम्ची नदीमा मंगलबार साँझ साढे ७ बजे आएको बाढी मेलम्ची खानेपानी आयोजनामा पसेको छ । आयोजनाभित्र बाढी पसेकाले क्षतिको विवरण कति भएको छ भन्न नसकिने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले इकागजलाई जानकारी दिएका छन् । 

'बाढी पसेकाले लाइन गएको छ । त्यहाँ जान सक्ने अवस्था छैन,' उनले भने,'  बिजुली भएको भए त्यहाँको कति क्षति भयो भनेर सीसीसी क्यामेराबाट हेर्न सकिन्थ्यो ।'


क्षतिबारे भोलि थाहा हुने उनले बताए ।


Author

थप समाचार
x