प्रमुख समाचार

बाढीको वितण्डा

उद्धारका लागि २५० जना सेना र प्रहरीको टोली मेलम्ची पुग्यो

इकागज |
असार २, २०७८ बुधवार ८:३५ बजे

फाइल फाेटाे

काठमाडौँ : तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ । बाढीले तनसनहस पारेको क्षेत्रमा हेलिकोप्टर पुगेको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले इकागजलाई जानकारी दिए ।

मेलम्चीमा हिजो साँझदेखि बाढी गएको हो । तर राति भएकाले गृह मन्त्रालयले हेलिकोप्टर पठाउन सकेको थिएन । बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर पुगेको हो ।


प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार चाैतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ ।

निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृत्यु भएको छ । 'हेलम्बुमा हालसम्म ७ जनाको मृत्यु भएको छ' प्रजिअ पोखरेलले इकागजसँग भने 'उहाँहरूको सनाखत हुन सकेको छैन ।' हेलम्बुमा घर, टहरा, फार्म, पुललगायत संरचना बाढीले बगाएको उनले बताए । हेलम्बुमा पानीको बहाब बढेकाले जान सकिएको नसकिएको उनले बताए ।


Author

थप समाचार
x