प्रमुख समाचार

कुन-कुन जिल्‍लामा छ बाढीको उच्‍च जोखिम ?

इकागज |
असार ३, २०७८ बिहिवार ९:२४ बजे

फाइल फाेटाे

काठमाडौँ : वर्षा भइरहेकाले देशका विभिन्‍न नदीमा बाढी आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार बुलेटिन निकालेर विभिन्‍न नदीमा बाढी आउन सक्ने जनाएको हो ।

जसअनुसार कन्काई, कोशी, बागमती, कर्णाली, महाकाली नदीमा पानीको सहत बढ्ने छ । यी नदीका तल्लो तटीय क्षेत्रका मानिसहरुलाई सतर्कता अपनाउन भनिएको छ । कोशी, नारायणी, कर्णाली र महाकाली जलाधारका केहि स–साना सहायक नदीमा समेत बाढी आउन सक्ने महाशाखाले जनाएको छ । 


यस्तै कर्णालीसँगै राप्ती, तिनाउ, बबई नदीमा पनि बाढी आउने सम्भावना छ । जसकारण बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा जोखिम छ ।

कर्णाली र भेरी नदीको बाढीले सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालिकोट लगायतका जिल्लाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

बागमतीमा दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, चितवन लगायतका जिल्लामा पनि सतर्कता अपनाउनुपर्ने महाशाखाको भनाइ छ । यस्तै महाकाली नदीले गर्दा कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा असर पर्ने सक्ने भएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको छ । 


Author

थप समाचार
x