प्रमुख समाचार

भेरोसेलकाे १० लाख डाेज खाेप दुई सातामा नेपाल ल्याइँदै

अरब मुलुक, मलेसिया, जापान र कोरियामा सातामा एक उडान

इकागज |
असार ३, २०७८ बिहीबार १०:५६ बजे

फाइल तस्बिर

काठमाडौँ :  सरकारले चीनको सिनोफार्म कम्पनीबाट उत्पादित 'भेरोसेल' खोप दुई साता भित्रमा १० लाख डोज खोप ल्याउने भएको छ । चीनले खोप खरिदका लागि नेपालसँग सैद्धान्तिक सहमति जनाएकाले 'जुन' महिना भित्रमा १० लाख डोज खोप ल्याइने सीसीएमसीका निर्देशक बालानन्द शर्माले इकागजलाई जानकारी दिए । चीनले यसअघि अनुदानस्वरुप १८ लाख खोप दिएको थियो ।  

'कुल ४० लाख खोप खरिदका लागि सहमति भएको हो,' शर्मा भन्छन,' सातामा पाँच-पाँच लाख डोज  खोप ल्याउने भएको हो । अब आउने खोप बाँकी उमेर समूहका मानिसलाई लगाइन्छ ।'


'जी टु जी' प्रक्रियाबाट खोप खरिद गरिने शर्माले जानकारी दिए । चीनले पूर्ण रूपमा खोप पठाउने सहमति भए पछि पैसा पठाइने र मूल्य सार्वजनिक गरिने उनको भनाइ छ ।

शर्माले नेपाली कामदार रहेका अरब मुलुक, मलेशिया, टर्की, जापान र कोरियामा पनि उडान खोल्नलाई सीसीएमसीको बैठकले निर्देशन दिएको जानकारी दिए । उनका अनुसार कोभिड-१९ बाट प्रभावित कामादारको उद्धार पहलो प्राथमिकता रहन्छ । विदेशबाट आएकाले अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्छ ।

क्वारेन्टाइनमा बस्दा खर्च तिर्न नसकेमा सरकारले तिर्ने वा कामदारको श्रम कोषको पैसाले सबै व्यवस्थापन गरिने शर्माले बताए । नेपाली कामदार देखि बाहेक विदेशी नागरिकले अनिवार्य होटलमा बस्नुपर्छ ।

अब थपिने लकडाउनको मोडालिटी परिवर्तन गरिने शर्माले सुनाए । अहिले खुलेका पसल  र क्षेत्रको समय बढाइने उनले बताए । संक्रमण दर, मत्युदर र नियन्त्रण दरको तथ्यांकलाई अवलोकन गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिने उनको भनाइ छ ।

सामाजिक दूरी र जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै मानिसको जीवनयापन सहज वातावरण बनाइने उनले बताए ।


Author

थप समाचार
x