प्रमुख समाचार

महाधिवेशनको मिति परिवर्तन गर्न बोलाइएको कांग्रेस बैठक सुरु भयो

इकागज |
असार ३, २०७८ बिहिवार १६:२५ बजे

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति सुरु भएको छ । साढे ३ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकको एजेण्डा पार्टीको पूर्वनिधारित महाधिवेशनको मिति परिवर्तन गर्नेछ ।

यसअघि आगामी भदौ ७ देखि १० सम्म गर्ने कार्यतालिका कांग्रेसको पदाधिकारी बैठकले संशोधन गरी १६ लदेखि १९ सम्म गर्ने प्रस्ताव गरेको छ । कांग्रेसको केन्द्रीय समिति बैठकले त्यो निर्णय पारित गर्ने केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए ।  


बैठकको एजेण्डा महाधिवेशन केन्द्रित भए पनि मुलुकका विभिन्न जिल्लामा बाढी पहिरोले ल्याएको विपत्ति र समयमायिक राजनीतिका विषयमा पनि छलफल हुने साउदले बताए ।

विपतग्रस्त क्षेत्रमा कार्यकर्ता परिचालन, उद्धार, राहत र पुनःस्थापनालगायत विषयमा सरकारको ध्यानाकर्षणसहित गराउने विषयमा पनि छलफल हुने साउदले बताए । 


Author

थप समाचार
x