प्रमुख समाचार

संयुक्त राष्ट्रसंघको महासचिवमा एन्टोनियो गुर्टेरस् पुनः चयन

अर्को कार्यकाल २०२२ जनावरीबाट

इकागज |
असार ४, २०७८ शुक्रवार २१:१९ बजे

काठमाडौँ : संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुर्टेरस् पुनः मनोनयन भएका छन् । शुक्रबार गुर्टेरस् ५ वर्षको लागि दोस्रो पटक पनि निर्वाचित भएका हुन् ।राष्ट्रसंघको प्रमुख अधिकारीको उक्त पद पाँच वर्ष हुन्छ भने अर्को कार्यकाल पनि चुनिने गरेका छन् । सुरक्षा परिषदको सिफारिसमा महासभाद्वारा ५ वर्षको लागि पुन: चयन गरिन्छ ।  शुक्रबारको महासभाले सुरक्षा परिषदको सिफारिसलाई स्वीकृत गरेर उनलाई दोस्रोपटकको लागि महासचिव चयन गरको हो ।

राष्ट्रसंघ अधिकारपत्रको अनुसार, महासचिवले आफ्नै रोहवारमा आफ्नो सहयोगी दक्ष, योग्य र सत्यपरायण कर्मचारीको अन्तर्राष्ट्रिय समूह बनाउँन सक्छन् । पोर्चुगलका गुर्टेरसले १ जनवरी २०१७ देखि सम्हाल्दै आएका छन् । उनको कार्यकाल ३१ डिसेम्बर २०२२मा सकिदै थियो । त्यस अगावै उनी दोस्रो कार्यकालको लागि चयन भएका हुन् । उनको दोस्रो कार्यकाल भने आगामी  जनावरी १ बाट सुरु हुनेछ । दोस्रो कार्याकालका लागि मनोनयन भएपछि गुर्टेरसले ट्विट लेख्दै सबै प्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन् । 


यसअघिका महासचिव बानकी मुन पनि दुई कार्यकाल उक्त पदमा थिए भने उनी अघिका कोफि अन्नान पनि दुई कार्यकाल नै उक्त पदमा रहे । त्यसअघिका बुत्रोसबुत्रोस घालीले भने दोस्रो कार्यकाल महासचिव रहन पाएनन् । त्यसअघिका  ज्याभियर पेरिज डी कुईलरले पनि दुई कार्यकाल नै नेतृत्व गरेका थिए । महासंघलाई प्राय: दुई कार्यकाल नै नेतृत्व गरिरहेका छन् । 


Author

थप समाचार
x