प्रमुख समाचार

के छ आज मौसमको अवस्था ? यी ठाउँमा हुँदैछ भारी वर्षा

इकागज |
असार ५, २०७८ शनिबार ७:२२ बजे

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही  प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा हल्का वर्षा भईरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ।

देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू-भागमा पहिरो तथा गेग्रान वहाब (debris flow)को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


त्यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका  थोरै स्थानहरूमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका  केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरूमा धेरै भारीवर्षा को सम्भावना छ । आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा भारी वर्षा र एक वा दुई स्थानहरूमा धेरै भारी वर्षा को सम्भावना छ ।

त्यस्तै सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।


Author

थप समाचार
x