प्रमुख समाचार

देउवाले आज बागमती र गण्डकीका नेताहरूसँग सभापतिमा सहयोग माग्‍ने

इकागज |
असार ६, २०७८ आइतबार ९:२८ बजे

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा पुनः सभापतिमा दोहोरिने भन्दै आफ्नो पक्षका नेताहरूसँग सहयोगका लागि आग्रह गरिरहेका छन् । देउवाले शनिबार प्रदेश-१ र प्रदेश-२ का नेताहरूसँग सभापतिमा आफू दोहोरिन चाहेको र के गर्ने भन्दै सल्लाह सुझाव मागेका थिए । 

देउवाले आज बागमती र गण्डकीका आफू पक्षीय केन्द्रीय सदस्यहरूसँग पार्टी महाधिवेशन र सभापतिमा आफ्नो उम्मेदवारीबारे छलफल गर्दैछन् । पहिला बागमतीमा आफ्नो समूहका केन्द्रीय सदस्यहरू र त्यसपछि गण्डकीका केन्द्रीय सदस्यहरूसँग छलफल गर्न भन्दै बोलाएका छन् । 


सिन्धुपाल्चोकका स्थायी बासिन्दा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले बिहान १० बजे सभापति देउवाले छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएको जानकारी दिए । ‘सभापतिजयूले बिहान १० बजे महाधिवेशनबारे छलफल गर्ने भनेर बोलाउनु भएको छ,’ बस्नेतले इकागजसँग भने । 

देउवाको सचिवालयका अनुसार त्यसपछि गण्डकीका नेताहरूसँग छलफल गर्ने कार्यक्रम देउवाको छ ।
   
 


Author

थप समाचार
x