प्रमुख समाचार

सिंहदरबारको गेटमा राजेन्द्र महतोलाई प्रवेश निषेध लेखिएको पर्चा

इकागज |
असार ७, २०७८ सोमबार १९:३२ बजे

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार निषेध गरिएको उल्लेख गर्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ । उपप्रधानमन्त्री महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिणगेटमा पर्चा टाँसिएको छ । 

 पर्चामा लेखिएको छ, ‘नयाँ पार्टी, नेपालले दिएको समय सीमाभित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमशः देशभरी नै प्रवेश निषेध गरिनेछ । नयाँ पार्टी, नेपाल ।’ 


नयाँ पार्टी, नेपालको प्रवक्ता बताउने युवराज सफलले आफ्नो पार्टीले मन्त्री महतोलाई आफ्नो नागरिकता बारे स्पष्ट पार्न समयसीमा दिएको र महतोले स्पष्ट नपारेकोले सिंह दरबारमा प्रवेश निषेधको पर्चा  टाँसेको बताउँछन् । 

 ‘हामीले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई भन्यौ कि, तपाईं नेपाली नागरिक होइन । तपाईंको नागरिकता नक्कली छ । झुठो विवरण छ । यो नागरिकता तपाईले सात दिनभित्रमा त्यो नागरिकताको विषयमा स्पष्ट पार्नुस् भनेर हामीले उहाँको नाममा सूचना जारी गरेका थियौँ,’ उनले भने, ‘त्यो सूचनाको जवाफ दिनुपर्ने ठाउँमा उहाँले रवाफ दिनुभयो । त्यही भएर सिंहदरबार प्रवेश निषेध गर्ने र देशभरी निषेध गरी नागरिकता रद्द गरेर देश निकाला गर्ने योजना अन्र्तगत आज हामीले यो सूचना टाँस्नु परेको हो ।’  निषेध पत्र हामिले टाँस गरेका छौँ ।’ 


Author

थप समाचार
x