प्रमुख समाचार

सुनिल थापासँग प्रवेश गरेका ५५ जना कांग्रेस महासमिति सदस्य

इकागज |
असार ८, २०७८ मंगलबार १४:५० बजे

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट नेपाली कांग्रेसमा प्रवेश गरेका ५५ जना महासमिति सदस्यमा मनोनयन भएका छन् । पूर्वमन्त्री सुनिल थापासहित कांग्रेस प्रवेश गरेका ५५ जनालाई पार्टीमा समायोजन गरी महासमिति सदस्य बनाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 
महासमिति सदस्य भएकामा एक सहमहामन्त्रीसहित ७ केन्द्रीय सदस्यसहितका नेता छन् । सहमहामन्त्री थापासहित केन्द्रीय सदस्यहरू रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव किरण गिरी र डा. टिएन योगी छन् । 

महासमिति सदस्यमा मनोनयन भएकाहरू धनकुटा, मोरङ, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौँ, ललितपुर, झापा, कैलाली, कपिलवस्तु, कालिकोट, संखुवासभा, भक्तपुर, रामेछाप, सर्लाही, बाजुरा, महोत्तरी, अर्घाखाँची दाङ र ताप्लेजुङका छन् । 



 


Author

थप समाचार
x