प्रमुख समाचार

देउवाले बोलाए विपक्षी गठबन्धनको बैठक

इकागज |
असार ९, २०७८ बुधबार १५:१४ बजे

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका छन् । आफ्‍नै निवास बुढानीलकण्ठमा साँझ पाँच बजे देउवाले माओवादी, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चासम्मिलित गठबन्धनको बैठक बोलाएका हुन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साँझ पाँच बजे सभापति देउवाले गठबन्धनको बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिबारे छलफल हुनेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र परिस्थितिबारे छलफलका एमाले वरिष्ठ नेता नेपाल, माओवादीअध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका प्रतिनिधिलाई बोलाइएको देउवाको सचिवालयले जनाएको छ । देउवाले बैठकमा पार्टी वरिष्ठ नेता पौडेल र महामन्त्री पूर्णबहादुर खड्कालाई पनि बोलाएका छन् । 


बैठकमा मंगलबार सर्वोच्च अदालतले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर, प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसलगायतबारे छलफल हुनेछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठको मध्यरातमा प्रतिनिधि सभा विघटन गरेपछि यी दलले गठबन्धन बनाएका छन् । 


Author

थप समाचार
x