प्रमुख समाचार

मनसुनी विपत्ति : नेपालले कति बेहोर्‍यो क्षति ?

इकागज |
असार ९, २०७८ बुधबार १७:७ बजे

काठमाडौँ : यस वर्षको मनसुन सुरु भएदेखि बाढी र पहिरोका कारण २३ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा २४ जना बेपत्ता छन् । 

मनसुन सुरु भएपछि सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ भने २० अझैँ बेपत्ता छन् ।  गृह मन्त्रालयले सार्वजनिक गरेको जेठ ३१ देखि असार ९ (बुधबार)सम्मको विवरणमा बाढी र पहिरोमा परी घाइते १३ जना अझैँ निको भएका छैनन् । त्यस्तै २४ जिल्लाका ३२९ घर पूर्णरुपमा र  १०७ वटा निजी घरमा आंशिक क्षति पुगेको छ । २१ वटा सरकारी कार्यलय, ७ सडक, पक्की पुल, १० वटा माछा फार्म र इलाका प्रहरी कार्यलयको एउटा भवनमा  पूर्णक्षति पुगेको गृह मन्त्रालयले जनाएको छ। 


मनसुन सुरु भएपछि आएको बाढी पहिरोका कारण हुम्ला, लमजुङ, मनाङ र कास्कीमा रहेका १० वटा आयोजनाहरूमासमेत क्षति पुगेको छ । गृह मन्त्रालयले सिन्धुपाल्चोकको बाढी र पहिरोमामा फसेका १२३ जनालाई उद्दार गरेको र राहत उपलब्ध गराएको जनाएको छ । त्यस्तै बाढी पहिरोका कारण चार प्रदेशका दश राजमार्ग अवरुद्ध बनेका छन् । अवरुद्ध बनेका ती राजमार्ग खुलाउने काम जारी रहेको गृह मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x