प्रमुख समाचार

सस्तोमा यात्रु बोक्ने एयरलायन्सलाई एउटा मात्रै उडान

धेरै नेपाली कामदार रहेका मुलुकमा नै उडान कटौती

अतिन आचार्य |
असार ९, २०७८ बुधवार २०:३२ बजे

फाइल तस्बिर

काठमाडौँ : सबैभन्दा बढी वैदेशिक रोजगारीमा नेपाली रहेका मुलुकमा सरकारले नियमित उडानको लागि एक-एक उडानको मात्र अनुमति दिएको छ । दुबई, कुवेत र ओमनका लागि नियमित उडान एउटा मात्र रहेका छन् । ओमन एयर,जजिरा एयर, अरेबिया र फ्लाइ दुबईलाई सरकारले तत्काललाई एक-एक उडान अनुमति दिएको पाइएको छ ।

जहाँ कोभिड-१९ का कारण नेपाली कामदार अलपत्र परेको मुलुकमा थोरै उडान रहदा नेपाली कामदार मर्कामा पर्ने भएका छन् । अन्य एयरलायन्सका टिकट भन्दा थोरै संख्यामा उडान अनुमति पाएका एयरलायन्सको टिकट सस्तो हुने गरेको छ । ओमन एयर,जजिरा एयर, अरेबिया र फ्लाइ दुबईको टिकट नेपालबाट विदेश जानलाई र स्वदेश आउनलाई नेपालीलाई सस्तो रहेको छ । 


मलेसियाबाट गत वर्षको कोभिड महामारीदेखि नेपाली आउन पाएका छैनन्। तर,सोही मुलुकमा एउटामात्र उडानको अनुमति दिएको । जसमा सरकारी एयरलायन्स नेपाल एयरलायन्सलाई नदिइ निजी  कम्पनी हिमालनय एयरलायन्सलाई उडान अनुमति दिएको छ ।

मलेसियामा मात्र ५० भन्दा बढी शव रहेका छन् । नियमित उडान नहुँदा कयौँ नेपाली आउन पाएका थिएनन् । एउटा मात्र उडान गर्दा त्यहाँ रहेका कामदार समयमा आउन नपाउने सम्भावना बढेको छ । त्यसैगरी युएईमा करिब पाँच हजारभन्दा बढी नेपाली कामदार अलपत्र परेका छन् । बहराइन र  ओमनमा पनि हजारौको संख्यामा कामदार अलपत्र परेका छन् ।

नेपाली कामादार बढी भएको ठाउँमा सरकारले बढी उडान गर्नुपर्ने नेपाल वैदेशिक रोजगार व्यवसायिक संघका कार्यबाहक अध्यक्ष कमल तामाङ बताउँछन् । मलेसियामा सबैभन्दा बढी कामदार अलपत्र परेकाले त्यहाँ बढी उडान गर्नुपर्ने उनको भनाइ छ ।

'सीसीएमसीलाई पनि हामीले अन्तरराष्ट्रिय उडान खोल्नलाई सिफारिस गर्न आग्रह गरेका छौँ,' तामाङले भने,' वैदेशिक रोजगागर बोर्डमा विदेशमा अलपत्र परेकालाई कसरी उद्धार गर्न सकिन्छ त्यस विषयमा छलफल गर्न लागेका छौ ।' सबैभन्दा बढी कामदार कहाँ अलपत्र परेका छन् त्यहाँ सरकारले उडान गर्नुपर्ने तामाङले बताए ।

भोलिदेखि अन्तरराष्ट्रिय उडान हुनेमा नेपाल एयरलायन्स, कतार एयरलायन्स, हिमालय एयरलायन्स, टर्कीस एयरलायन्स,  जजिरा एयर लायन्स, फ्लाइ दुबई, सलाम एयरलायन्यस, एयर अरेबिया र एयर इन्डियालाई अनुमति पाएका छन् । असार १५ (जुन २९) गते फ्लाइ दुबई र सलाम एयरलायन्सले ओमनका लागि अनुमति पाएका छन् । त्यसैगरी एयर अरेबिया १२ ( जुन २६) गते अबुदाबी जाने भएको छ । 

लामो समयदेखि नेपाली कामदारलाई स्वदेशबाट विदेशमा लगेको र विदेशबाट स्वदेश ल्याइ सेवा गरेको नेपालस्थित एयर अरेबिया एयरलायन्सका प्रतिनिधिले इकागजलाई  बताएका छन् । कोभिड महामारीमा नेपाली कामदार भएकै मुलुकमा एक-एक उडानको अनुमति पाएकोमा उनले गुनासो गरे । 'नेपाल सरकारले सबै कम्पनीलाई समान उडानको अनुमति दिनुपर्छ,' उनले भने ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x