प्रमुख समाचार

बीआरआई भर्सेस बी-३ डब्ल्यू

चीनले नेपालसहित एसिया प्रशान्त क्षेत्रका ३० मुलुकसँग गर्यो रणनीतिक वार्ता

इकागज |
असार १०, २०७८ बिहीबार १४:४० बजे

काठमाडौँ ः विश्‍वका धनी मुलुकले आफूलाई काउन्टर दिन थालेको बुझाइमा परेको चीनले नेपालसहित एसिया प्रशान्त क्षेत्रका ३० मुलुकसँग छलफल अघि बढाएको छ । चीनले  परराष्ट्र र अर्थमन्त्रीहरुसँग बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा केन्द्रित रहेर छलफल अघि बढाएको हो । भर्चुअल माध्यमबाट चीनले  छलफल नै आयोजना गर्दै त्यसमा आफ्ना कुराहरु राखेको हो । 

धनी मुलुहरुको संगठन जी-७ ले बी-३ डब्ल्यू (बील्ड ब्याक बेटर वर्ल्ड) परियोजना अगाडि सारेपछि चीनले आफ्नो बीआरआईलाई धक्का दिएको भन्दै एसिया प्रशान्त क्षेत्रका प्रतिनिधिहरूलाई एकै स्थानमा भेला पारेर बीआरआई परियोजना र कोभिडको असरबारे छलफल गरेको हो । उक्त छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए ।


‘कोभिड-१९ को कारण विश्व अर्थतन्त्र तहसनहस भएको र त्यसको मार नेपाल जस्तो मुलुकलाई थप परेको छ । त्यसलाई पराजित गर्न विश्वव्यापी सहकार्य आवश्यक छ ।’ उक्त छलफलमा ३० देशका प्रतिनिधीमा होइन राष्ट्रसंघ र अन्य दातृ निकायका प्रतिनिधिहरुको सहभागिता थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङको लिखित सन्देश थियो  भने कार्यक्रमको अध्यक्षता चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए ।

‘चीनले अन्य मुलुकहरुसँग बीआरआई मार्फत नजिकको सहकार्य गर्न चाहेको छ । यो सहकार्य सामान्य सहकार्य हुँदैन,’ सीको सन्देशमा उल्लेख छ, ‘मुलुकहरु बीच सहकार्य र विकासलाई नयाँ गति दिन आवश्यक छ । त्यसकालागि हामीले पुरानो सिल्क रोडलाई जोड दिएका छौँ । यो ८ वर्षमा १४० मुलुकले बीआरआई सहकार्यमा प्रतिवद्धता देखाएका छन् । हामी थप सहकार्यमा जोड दिनेछौँ ।’ 

चीन विकासको नयाँ चरणमा पुगेको उल्लेख गर्दै बृहत परामर्श, संयुक्त योगदान, साझा फाइदा, खुलापन सधै अग्रसर रहने पनि सीको सन्देशमा उल्लेख छ,‘विकासको नयाँ अवधारणालाई अगाडि बढाएको र यसले साझेदार मुलुकलाई बजार तथा लगानी वृद्धिमा थप अवसरहरु प्रदान गर्नेछ ।’ 

१४० मुलुकमा एक मलु इटालीले पनि बीआरआईमा सहकार्य गर्ने भन्दै चीनसँग सम्झौता गरेको छ । बीआरआई परियोजना अन्तरगत चीनले विभिन्न मुलुक र क्षेत्रमा १३६ विलियन अमेरिकी डलर लगानीको प्रक्रिया अघि बढाइसकेको छ ।

कोभिडको कारण बीआरआई परियोजनामा सुस्तता आएको छ । नेपालले भने अझै कुनै परियोजना अघि बढाएको छैन । बी-३ डब्लु परियोजना के हो र किन आयो भन्दै चीनमा ठूलो बहसको विषय भइरहँदा यो तहको छलफल भएको हो । 


Author

थप समाचार
x