प्रमुख समाचार

आज मुलुकभर वर्षा हुने, यस्तो हुनेछ तीन दिनको मौसम

इकागज |
असार १३, २०७८ आइतवार ६:४२ बजे

काठमाडौँ : आज देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान बुलेटिन जारी गर्दै आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजिनक गरेको छ । 

महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले हाल देशभर सामान्यदेखि पुर्ण बदली रहि बागमती तथा प्रदेश नं १ को केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।


महाशाखाले आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने र धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र राती देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । 

भोलि दिउँसो देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने र प्रदेश नं १ र बागमती प्रदेश एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ  । राती प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा साथै लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशमा मध्यम वर्षा तथा प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मंगलबार दिउँसो देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने तथा प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ  । राती  प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने तथा प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।


Author

थप समाचार
x