प्रमुख समाचार

शनिबार १७९० सवारी साधनले गरे निषेधाज्ञा उल्लंघन

इकागज |
असार १३, २०७८ आइतवार ७:० बजे

काठमाडौँ : नेपाल प्रहरीले शनिबार मुलुकभर एक हजार ७ सय ९० वटा सवारी साधनले निषेधाज्ञा उल्लंघन गरेको जनाएको छ । निषेधाज्ञा उल्लंघन ती सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

६ सय एक गाडी र एक हजार एक सय ८९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइकएको प्रहरीले आफ्‍नो बुलेटिनमा उल्लेख गरेको छ । प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक सोधपुछ पश्चात छोड्ने गरेको छ ।


नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत शनिबार ४ सय १५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको पनि बुलेटिनमा उल्लेख छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५९ हजार ५ सय १२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६८ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६ हजार ८ सय रुपैयाँ जरिवाना गरेको छ । थै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार २ सय ४८ जनालाई सचेत गराइएको छ ।

प्रहरीले निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको बताएको छ । 


Author

थप समाचार
x